गरिमा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

यसअघि बैंकले उक्त शेयर बैंककै अन्य संस्थापक शेयरधनीलाई बिक्री प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

इच्छुक लगानीर्तालाई आफूले केकति कित्ता शेयर किन्न चाहेको हो सोको व्यहोरा खुलाई १५ दिनभित्र  काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *