काठमाडौं । निर्वाचन आयोगले मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आयोगकाे वेबसाइटबाटै हेर्न सकिने जानकारी दिएको हो ।
मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालकाे भनाई छ। उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ ।
उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। सो दिन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि मतदान हुनेछ ।
अर्थ सन्जाल