काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
उनले आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सामाजिक सञ्जालमाफमा लेखेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ।
Artha Sanjal
अर्थ सन्जाल