रिडी पावरको २३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सामान्य प्रस्तावहरूमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आषाढ ३१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालीन ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले विशेष प्रस्तावहरूमा कम्पनीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्ने, कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियामक निकायहरूमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा सो कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी स्क्रापलगायत अन्य सेयर सम्पत्तिहरू बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

त्यसैगरी सभाले सन्तोष अधिकारीलाई सञ्चालक समितिमा समेत अनुमोदन गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *