तरुण दलका अध्यक्ष गुरुङले असहाय बाल आश्रममा बनाए आफ्नो जन्मदिन

काठमाडाैं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले काठमाडौं क्षेत्र न.३ मा अवस्थित नयाँ जीवन नेपालको असहाय बाल आश्रममा आफ्नो जन्मदिन मनाएका छन ।

आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष गुरुङले आश्रममा आश्रीत बालबालिकाको लागि दाल, चामल ,लुगा धुने सावुन ,तेल ,लगायत खाध्यान्न सामग्री र लगाउने कपडाहरु बितरण गरेका छन ।

संस्थाको अध्यक्ष राजन खनालले जानकारी दिए अनुसार पुर्व मेची देखि जाजरकोट सम्मको चार (४) बर्ष देखि चौविस (२४) बर्ष सम्मको पच्चीस (२५) जना बालबालिकाहरु उक्त आश्रममा आश्रीत छन ।

संस्थाका उपाध्यक्ष धर्मा थिङ लामाले, भवनको अभावका कारण आश्रममा बालबालिकाको रेखदेखमा समस्या भइरहेको र भवनको भाडा तिर्न पनि कठिनाइ भएको बताएका छन्।

दस बर्ष पूरा गरि एघार बर्षमा प्रवेश गरेको संस्थाको उपाध्यक्ष धर्मा थिङ लामाले बताउदै आफ्नो भवन नहुदा बाल बच्चाको रेखदेख गर्न समस्या परिरहेको र भवनको भाडा तिर्न पनि कठिनाइ भएको बताएका छन्।

अध्यक्ष गुरुङले आफु निरन्तर यस संस्थासँग सम्पर्कमा रहने र संस्थाको उत्थानको लागि पुर्ण समन्वय गरिरहने बताए ।

संस्थाको अध्यक्ष खनालले आफ्नो जन्मदिनमा यस्तो मानवियता कार्य गर्नुभएकोमा धन्यवाद दिदै आउदा दिनहरुमा पनि यस्तै रचनात्मक कार्य गर्न प्रेरणा मिलिरहोस भनी शुभकामना दिएका छ्न ।

अध्यक्ष गुरुङ श्रीमती प्रीती श्रेष्ठ गुरुङ ,आमा धनकुमारी गुरुङ ,तरुण दल केन्द्रीय सदस्य लगायत जिल्ला अध्यक्ष सहित उक्त आश्रम पुगेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *