काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले ४.२१ लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (मंसिर ६ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो ।
अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८९ लाभांश वितरण गरेको थियो । यता, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल