काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ । यससँगै सूचक ४.६४ अंकले बढेर २७५८.४१ विन्दुले बढेको हाे । ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
३७ कम्पनीको मूल्य बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल