काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । विभागले कात्तिकसम्म १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १७.०९ प्रतिशत बढी हो ।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले ८८.५५ प्रतिशत मात्र राजस्व उठाएको छ । कात्तिकसम्म विभागले १ खर्ब ८० अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो ।
भन्सार विभागको संकलन भने आन्तरिक राजस्वको तुलनामा कम रहेकाे छ । विभागले कात्तिकसम्म १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ हो । विभागले गत वर्षको तुलनामा १०.९० प्रतिशत धेरै राजस्व उठाएको देखिन्छ । यद्यपि लक्ष्यको तुलनामा भने ७४.६० प्रतिशत मात्र भन्सार राजस्व उठेको छ ।
भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । अन्तःशुल्कतर्फ १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ ।
अर्थ सन्जाल