काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।
यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएकोमा खरीद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ।
तसर्थ, इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।








