सूर्यज्योति लाइफको झन्डै ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सको  ५ लाख ८२ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखे छ ।  कम्पनीका विद्यमान अन्य संस्थापक शेयरधनीले मात्रै यस शेयरमा आवेदन दिन सक्नेछन् ।
 इच्छुक संस्थापक शेयरधनीले आज (कात्तिक २६ गते) बाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरीद आवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर सर्वसाधारणमा  बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *