बागलुङमा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

पोखरा । बागलुङमा सोमबार बिहान पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी भ्यानमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग२च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो । जैमिनी–७, जैदीको व्यार्थलामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *