रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज

काठमाडौं । बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीस कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने फैसाला गरेको हो ।

अदालतमा काठमाडौं–४ का हरिबहादुर केसी र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स र रिलायन्स लाई विपक्षी बनाइ रिलायन्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेर आईपीओ निष्कासन गर्ने खोजेकाले रोक्न माग गर्दै गत असार २५ गते रिट दायर गरेको थियो।

रिलायन्सलाई सेबोनले इतिहासकै महँगो आईपीओ जारी गर्ने अनुमति दिएको थियो । तर, रिलायन्सको वित्तीय विवरण सेबोनमा बुझाएको र कम्पनी आफैले सार्वजनिक गरेको फरक–फरक देखिएका कारण चौतर्फी विरोधपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *