फर्स्ट माइक्रोफाइनान्सको नाफा ३ करोड १० लाख

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३८.६८ प्रतिशत कम हो ।

गत वर्षको यसैअवधिमा संस्थाले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस संस्थाको खुद ब्याज आम्दानी २५.१२ प्रतिशतले घटेर ६ करोड ५२ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८ करोड १ लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा ३० करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा १३ करोड ४३ लाख देखिएको छ ।

एनपीएल २.५३ प्रतिशत विन्दुले बढेर ४.४४ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १३५.३२ रुपैयाँ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *