सडकमै निर्माण सामग्री राख्नेलाई काठमाडौँ महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं। काठमाडौँ महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख जरिवाना तिरा गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो ।

सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *