महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक शेयर विक्रीमा खुलाएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा खुलाएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम उल्लेखि शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।







