मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते चौथो वार्षिक साधारण सभाबाट पारित गरेको १७ प्रतिशत बोनस शेयर वितरण गरेको छ । साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार गरेको हो ।
शेयरधनीहरुले कर वापतको रकम एनएमबि बैंकको भैरहवा शाखामा मनकामना स्मार्ट लघवित्त वित्तीय संथाको नाममा रहेको खाता नम्बर ०७८००६६१२८३०००१२ मा जम्मा गर्नका लागि आग्रह गरेको छ । बोनस शेयर वापतको रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने भएकाले यथासिघ्र कर वापतको रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।
२०७८ साल पुस ४ गतेभन्दा अघिल्लो दिनसम्म आफ्नो शेयर धितोबन्धक राखी कर्जा लिएका सदस्यहरुको बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्नुपर्ने भए सोको समेत जम्मा गरी सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात हितग्राही खातामा बोनस शेयर जम्मा हुने कम्पनीको भनाई छ । कम्पनीको आईपीओ प्राप्त गरेका लगानीकर्ताहरुले पहिलो वर्षमै लाभांश प्राप्त गरेका हुन ।
कम्पनीले २०७८ असार २७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री खुला गरी असार २८ गते बाँडफाँट गरेको थियो ।