युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न

काठमाडाैं। युनिलिभर नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कात्तिक १२ गते सम्पन्न भएको हो । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।

सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *