काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।
नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
Artha Sanjal
अर्थ सन्जाल