काठमाडाैं। आज तिहार अघिको अन्तिम कारोबार घटेर बन्द भएको छ । नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा बन्द भएको हो।
आज ५ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ । आज ७५ कम्पनीको मूल्य बढेको छ भने १६४ कम्पनकिो मूल्य घटेको छ । यो दिन ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर स्याङगे हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।
आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनकिो ३४ करोड १७ लाख रुपैयााको सेयर कारोबार भएको छ । सानिमा जिआइसीको २६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
सीईडीबी हाइड्रोपावर ३४ करोड १७ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्स २६ करोड ५ लाख रुपैयाँ,सोल्टी होटल २० करोड ९८ लाख रुपैयाँ,नेपाल फाइनान्स १६ करोड ७७ लाख रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंक १५ करोड ७८ लाख रुपैयाँ,हिमालय ऊर्जा १५ करोड ६ लाख रुपैयाँ,आईसीएफसी फाइनान्स १३ करोड ८७ लाख रुपैयाँ,समृद्धि फाइनान्स १३ करोड ५५ लाख रुपैयाँ
नबिल बैंक १२ करोड ४४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ११ करोड ७७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।






