दराज नेपालको छैठौं विक्रेता सम्मेलन आयोजना

काठमाडाैं। दराज नेपालले कात्तिक ८ गते आफ्नो विक्रेता सम्मेलन सानेपामा सम्पन्न गरेको छ। ‘इम्पावरिङ सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष माननीय अब्दुल खानको उपस्थिति रहेको थियो। उनले कार्यक्रममा परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको जोड दिए।

कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, माननीय अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए।

दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइ पुर्‍याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए। ‘विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो,’ उनले भने।

कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (इको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेको सहायक रणनीतिहरूको बारेमा जानकारी दिए।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गरे। सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो।

दराज नेपाल आफ्ना विक्रेताहरूलाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ। विक्रेता सम्मेलनले सम्मानलहरूलाई विगतका उपलब्धिहरूमा मात्र सीमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *