प्रि ओपन सेसनमा नेप्से सूचक १.७५ अंकले बढ्यो

काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १.७५ अंक बढेर बन्द भएको छ।

आज सेसनमा १.७५ अंक बढेर २६९३.८१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १२८ पटकको कारोबारमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ ६० पैसाबराबरको १२ हजार ९२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *