काठमाडौँ । माछापुच्छ्रे क्यापिटलको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको प्रमुख आतिथ्यमा साधारण सभा मंगलबार सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव पनि पारित गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल