बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा

काठमाडौं। बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।

रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो। सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *