मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।
कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।
प्राइम लाइफ इन्स्योरेन्स बारे
प्राइमलाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको हो । मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बिमा कम्पनीको परिचय बनाएको छ । कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बिमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।
कम्पनीको प्रमुख वित्तीय सूचकांक :
चुक्ता पँजी २७८ करोड
जीवन बीमा कोष १६.६० करोड
हालसम्म आर्जन गरेको कूल बिमाशुल्क २,१७४ करोड
हालसम्म जारी गरेको कूल बिमालेख संख्या १,७५२,९८२