नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदाको घोषणा गर्न माग गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिनु पर्ने अनुरोध गरेको हो ।
इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।
अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए । ‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्ययले भने ।