नेपाल स्टक एक्सचेन्ज नेप्सेमा करिब ५ करोड कित्ता सेयर थपिएको छ। मंगलबार एक÷एक वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजार कारोबारका लागि समावेश भएको हो।
नेप्सेले मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत गरेको हो। संस्थाहरुको कुल ४ करोड ७७ लाख ८८ हजार २२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।






