सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा

अर्घाखाँचीकाे एक सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ । सन्धिखर्क नगरपालिका-१ मा रहेकाे विस्मिल्ला सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे ।

उद्याेगमा कपडा फिट्ने मेसिन तातेर आगाे लागेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए । आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेकाे थापाले जानकारी दिए । यद्यपि, आगाे पूर्णरुपमा नियन्त्रणमा आइसकेकाे थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *