बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय

काठमाडाैं। नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । पार्टी कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थालाई राहत, उद्धार कार्यमा सक्रिय रुपमा लाग्न निर्देशन दिएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *