काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएकाे छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)काे शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनएलजी इन्स्योरेन्सलाई चुक्ता पुँजीको १००ः६२.५६ अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद सेयर ल्याउन अनुमति दिएको हो ।
कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद सेयरको आकारमा परिमार्जन गरेको थियो । जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९।/० को बोनस सेयर वितरण कायम हुने चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।
उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो । प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीले हकप्रदको आकार घटाएको हो।
एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ ।
अर्थ सन्जाल