दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुल्ने भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडपर्वपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो ।

उक्त सहमति अनुसार विभागले १२ असोजदेखि लागु हुने गरी अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको सिटौलाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *