सीजी मोटर्सद्धारा सब-कम्प्याक्ट एसयुभी ‘दायुन युइहु’ नेपाली बजारमा सार्वजनिक

काठमाडाैं। नेपाली बजारमा सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी सार्वजनिक गरेको छ ।

चीनको उत्कृष्ट अटोमोबाइल निर्माता दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ ।

बिक्री वितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो । सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ । ६ वटा उत्पादन केन्द्रहरूबाट वार्षिक १८,७०,००० गाडीहरु उत्पादन गर्ने दायुन ग्रुपले चीनी बजारमा व्यापक सफलता हासिल गरेको छ ।

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जनाएको छ । दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ । जसले १०५ एन.एम. को टर्क जेनेरेट गर्दछ ।

यस गाडीमा ३०.६६ किलोवाट आवरको ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ । २० प्रतिशतबाट ८०प्रतिशत चार्ज गर्न डि.सी. चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्ने कम्पनीकाे दाबी छ । दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १,५०,००० किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १,२०,००० किलोमिटरको वारेण्टी प्रदान गरेको कम्पनीले जनाएकाे छ ।

दायुन युइहु सब-कम्प्याक्ट एसयुभीमा उत्कृष्ट २०१ एम.एम. को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा इलेक्ट्रिक भेहीकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका विभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको छ ।

दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी. मा जि.बि.टि. प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरुमार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ। दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी. को मूल्य रू. ३१ लाख रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *