काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार आज असोज ७ गते सोमबार १ अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा खरिददर १७७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ३१ पैसा र खरिददर ९ रुपैयाँ २७ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal






