गुडविल फाइनान्स लिमिटेडको ९३ हजार ४८९ कित्ता संस्थापक शेयर चैत १४ गते आइतवारदेखि विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू। १५० मूलय तोकेर शेयर विक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले चैत २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि आवेदन दिन सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २९ गते विहान १० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।






