विन नेपाल लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गर्याे लाभांश

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नगद लाभांश भने उक्त आर्थिक वर्षमा कायम रहेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरु तथा विन लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको एकिकृत कारोबारपश्चात् थप भएका सदस्यहरुलाई प्रदान गर्ने निर्णय कम्पनीको चैत १३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *