पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ ।

शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *