प्राइम कमर्शियल बैंकको १६ प्रतिशत बोनस शेयरका लागि कर तिर्नुपर्ने

प्राइम कमर्शियल बैंकको यस वर्षको १६ प्रतिशत बोनस शेयर साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात् कायम शेयरधनीहरुले कर तिरेपछि मात्र पाउने भएका छन् । बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयरसँगै शून्य दशमलव ६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको छ ।

तर उक्त कर वापतको नगद २०७६ साल फागुन २८ गतेसम्म कायम शेयरधनीहरुको हकमा मात्र लागू हुने बैंकले जानकारी दिएको हो । नगद लाभांशबाट विगत आर्थिक वर्षहरुको कर रकम असुल गरि बाँकी रकम मात्र वितरण गर्ने बैंकको भनाई छ ।

प्राइम बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरी फागुन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । यसर्थ फागुन २८ गतेसम्म कायम शेयरधनीहरुमा बोनस शेयर वापतको कर छुट हुने व्यवस्था रहेकाले बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको जानकारी बैंकले दिएको छ ।

कर वापतको रकम भुक्तानी गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धीत आर्थिक वर्ष समेत खुलाउन बैंकले अनुरोध गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *