सिन्धुपाल्चोकको चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोकको चौतारास्थित श्री कृष्ण रत्नगंगा माविमा डिजिटल बैकिङ वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैंक लिमिटेड चौतारा शाखाको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो।

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालीकामा प्रमुख अमानसिंह तामाङ र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काको उपस्थिती रहेको थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनय केसरी पौड्याल, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेना गोरखबक्स गणका गणपति, विद्यालयका प्रधान अध्यापक लगायत शिक्षक शिक्षिकाहरु, विद्यार्थी र स्थानीय सहभागी थिए।

कार्यक्रममा मन्त्री खड्काले सिन्धुपाल्चोकको चौतारामा सबैभन्दा पहिला वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै डिजिटल बैंकिङ अबको आवश्यकता भएको र हरेक नेपालीलाई यस सम्बन्धि सचेतना दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले कार्यक्रमबाट यस क्षेत्रका विद्यार्थी लगायत समाजका सबै वर्गमा वित्तीय ज्ञान हासिल भइ आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले विश्वभरि नै वित्तीय साक्षरताको लहर फैलिएको र समाजका हरेक व्यक्ति वित्तीय रुपमा सचेत भएमा मात्र देश समृद्ध हुने धारण व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *