काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरीक्षण गराउने कार्य रद्द गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको जनाएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को शर्त बमोजिम विदेशी अडिटरबाट धेरै कर्जा प्रवाह गरेका नेपालका१० ठूला बैंकहरुको लेखापरीक्षण गर्न लागिएको थियो । आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३ सय ९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त शर्त राखेको थियो ।
केन्द्रीय बैंकले केपीएमजीको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको जानकारी दिएको छ ।
आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी नभएको, वित्तीय अनुशासन नभएको लगायतका बिषयहरु उठाएर विदेशी अडिटरबाट लेखापरीक्षण गर्न आग्रह गरेको थियो ।
अर्थ सन्जाल