सलिको र अटाे कम्पनीबीच नगद रहित बीमा सम्बन्धी सम्झौता

काठमाडौं। महिन्द्रा फोर व्हीलरको पूर्व क्षेत्रको आधिकारीक बिक्रेता रोयल अटाे इन्टरप्राइजेज, इष्टर्न मोटर्स, इष्टर्न अटो प्वाइन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स (सलिको) सँग सम्झौता गरेको छ ।

सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फबाट इष्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमूक्त सेवाहरु पाउने छन् ।

उक्त अवसरमा सलिकोका कोशी प्रदेश प्रमूख नारायण गौतम तथा प्रतिनिधिहरु, इष्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि तथा बीमा सर्भेयरलगाएतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *