काठमाडौं । नेपाल बैंकले आफ्नो पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ । राजधानीको न्युरोडमा रहेको आफ्नो मुख्य शाखा अफिसमा बैंकले उक्त नगद निक्षेप मेसिन उद्घाटन गरेको हो ।
मेसिनको समुद्घाटनबारे जानकारी दिन बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको उल्लेख छ ।
बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने समेत जनाएको छ ।
हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।







