नेपाल सरकारलाई चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयले दिएकाे जानकारी अनुसार उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् ।