कामना सेवा विकास बैंकको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।उक्त संस्थापक शेयर सर्वसाधारणले मात्रै किन्न पाउँछन् ।

यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेकोमा ३५ दिनसम्म शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *