मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *