समृद्धि फाइनान्सका ग्राहकलाई सुबिशुको नेटमा छूट सुविधा

काठमाडौं। समृद्धि फाइनान्सले आफ्ना ग्राहकलाई सुबिशु केबल नेटको प्रयोगमा छूट दिने सुविधा ल्याएको छ। सो कार्यका लागि कम्पनीले सुबिशु केबल नेटसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रअनुसार कम्पनीका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छूट पाउनेछन्। ग्राहकले ३०० एमबीपीएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, २०० र ८० एमबीपीएस जडान गर्दा ५ प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ। छूटसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ । कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *