गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *