पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आज देशैभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू नाच गान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू तिजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन् ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको  छ ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड छ ।

(तस्बिरहरू)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *