आज आइतबार अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापूँजि वृद्धि गर्ने निर्णय गरेका कारण बीमा कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको जनाएका छन् ।
जनरल इन्स्योरेन्स कम्पनी र सानीमा जनरल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, सानीमा लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ । नेप्से भने सामान्य अंकले घटेको छ । दुइ अर्बको कारोबार भएको छ ।