काठमाडौं । साहस उर्जा लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि असोज १६ गते सकिने भएको छ ।
लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७८ असोज १७ गते सेयर बाँडफाँट गरेको थियो । कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर, ३५ लाख कित्ता स्थानीयको सेयर र २ लाख १० हजार कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।
Artha Sanjal






