काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ७२ हजार १५९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । संस्थापक सेयरधनीले सेयर नकिनेको खण्डमा भने सो सेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल