


काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक ६.३८ अंकले बढेर २९७४.७८ विन्दुले बढेको हाे । १ करोड ७४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ३२ हजार ६१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २ सय ४० वटा कारोबार भएको छ । कुल ४१ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Artha Sanjal

अर्थ सन्जाल